पत्रकार अधिकारी पाँच दिनदेखि सम्पर्कविहिन, खोजी गर्दै प्रहरी


eShilalekh

१६ जेष्ठ २०८०, मंगलवार १९:४२

सिमराः केही वर्षदेखि काठमाडौंलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार महेश्वर अधिकारी पाँच दिनदेखि सम्पर्कविहिन छन् । बानेश्वरस्थित कार्यालयमा शुक्रवार दिउँसोसम्म देखिएका अधिकारीको अवस्था त्यसपछि अज्ञात छ ।

अधिकारी सम्पर्कविहिन भएपछि उनकी पत्नी पवित्रा चौलागाईले खोजी गरिदिन प्रहरीमा निवेदन दिएकी छिन् । परिवारको सम्पर्कमा नरहेको र अवस्था अज्ञात रहेकाले खोजी गरिदिन भन्दै पवित्राले प्रहरी वृत्त नयाँ बानेश्वरमा निवेदन दिएकी हुन् ।

पवित्राको निवेदनपछि प्रहरीले अधिकारीको खोजी थालेको छ । उनको अवस्था मंगलवार साँझ यो समाचार तयार पार्दासम्म अज्ञात छ ।

नेपाल पत्रकार महासंघका मधेस प्रदेश सदस्य र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अधिकारी सम्पर्कविहिन भएको खबर बाहिरिएसंगै बाराका पत्रकारले सामाजिक संजालमार्फत उनको तत्काल खोजी गर्न प्रहरीसंग माग गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका १६ कतर्वा घर भई हाल काठमाण्डौस्थित कागेश्वर मनोहर नगरपालिकामा बसोबास गर्दै आएका अधिकारी फरक नेपाल डट कमका संचालन हुन् ।

प्रतिक्रिया दिनुहोस्