जीतपुरसिमरामा ‘लम्पी स्किन’ विरुद्धको खोप लगाईदै, वडामा खटिए भ्याक्सिनेटर (नाम र नम्बरसहित)


eShilalekh

२२ श्रावण २०८०, सोमबार १९:०९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगविरुद्ध खोप कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिकाले २४ वटै वडामा उक्त रोगविरुद्ध खोप कार्यक्रम सुरु गरेको हो ।

खोप कार्यक्रम संचालनका लागि उपमहानगरपालिकाले ६ जना भ्याक्सिनेटरलाई खटाएको छ । विभिन्न वडाको जिम्मेवारीसहित खटिएका भ्याक्सिनेटरलाई सम्पर्क गरेर आफ्नो पशुचौपायामा लम्पी स्किनविरुद्धको खोप लगाउन उपमहानगरपालिकाले आग्रह गरेको छ ।

उपमहानगरपालिकाका पशु चिकित्सक डा. सुवाश झाले कार्यालयबाट खटिएका भ्याक्सिनेटरलाई सम्पर्क गरेर लम्पी स्किनको समस्या नदेखिएका पशुचौपायालाई खोप लगाउन अनुरोध गरेका छन् । लम्पी स्किनको समस्या देखिएका पशु चौपायालाई भने उक्त खोप नलगाउन आग्रह गरिएको छ ।

उपमहानगरपालिकाले लम्पी स्किन रोग विरुद्धको खोप संचालनका लागि वडामा खटाएका भ्याक्सिनेटरको नाम र सम्पर्क नम्बरः

प्रतिक्रिया दिनुहोस्