६१ किलो सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष सर्राफ पक्राउ


eShilalekh

२२ भाद्र २०८०, शुक्रबार १०:४७

सिमराः ६१ किलो सुन प्रकरणमा बाराका शिवकुमार सर्राफ पक्राउ परेका छन् । सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका सर्राफलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले कलैयाबाट पक्राउ गरेको हो ।

सर्राफलाई बिहिवार कलैयाबाट पक्राउ गरी काठमाडौं लगिएको छ । साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन प्रकरणमा सर्राफको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको स्रोतले जनाएको छ ।

सर्राफ पक्राउ परेसंगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । यस प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा समेत पक्राउ परिसकेका छन् । हङकङबाट ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपनि राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्