बाराका दुई तेक्वान्दो खेलाडीले भियतनाममा जिते दुई रजत पदक


eShilalekh

२९ भाद्र २०८०, शुक्रबार १८:४१

सिमरा: भियतनामको दा नाङमा सम्पन्न १९औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा बाराका दुई खेलाडीले रजत पदक जितेका छन् ।

इन्टरनेशनल क्लब तेक्वान्दो अर्गनाइजेसनले आयोजना गरेको च्याम्पियनसिपमा बाराका निश्चल धामी र सुदिप नेपालीले पदक जितेका हुन् ।

धामीले ४८ केजी र नेपालीले ४५ केजी तौल समूहमा पदक जितेका हुन् । फाइनल भिडन्तमा धामी मलेसिया र नेपाली भियतनामका खेलाडीसंग पराजित भएका थिए ।

प्रतियोगितामा सहभागी हुन नेपाल तेक्वान्दो संघसंग सम्बद्ध सिमरा तेक्वान्दो डोजाङ्का दुई खेलाडी भियतनाम आएका थिए ।  टोलिसंगै भियतनाम आएका नेपाल तेक्वान्दो संघ मधेश प्रदेशका महासचिव राजकुमार लामाले दुई खेलाडीले पदक जितेसंगै अन्तर्राष्ट्रिय अनुभव बटुल्न सफल भएको बताए ।

नेपाली टोलिमा तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठ, बिजय शाह ठकुरी, सिमराका युवा समाजसेवी श्यामबाबु गुप्तालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्