डाबर नेपालद्वारा छातापिपरास्थित विद्यालयलाई डेस्क बेञ्च हस्तान्तरण


eShilalekh

१७ आश्विन २०८०, बुधबार २१:५५

सिमराः बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले बाराको जीतपुरसिमरा ९ छातापिपरास्थित एक माध्यमिक विद्यालयलाई डेस्क बेञ्च हस्तान्तरण गरेको छ । विद्यालयमा बुधवार आयोजित एक कार्यक्रमकाबीच डाबर नेपालका प्रमुख सञ्चालक किलासराम चौरसीयाले २० थान डेक्स बेञ्च हस्तान्तरण गरेका हुन् ।

संस्थाको सामाजिक उतरदायित्व अन्तर्गत विद्यार्थीको पठनपाठन सहजताका निम्ति डेक्स बेञ्च हस्तान्तरण गरिएको चौरसियाले बताए । शैक्षिकसंगै समाजका अन्य क्षेत्रमा संस्थाले सहयोग गर्दै आएको बताउदै चौरसियाले सामाजिक उत्तरदायित्व बहन गर्न पाउँदा आफू उत्साहित हुने बताए ।

डाबर नेपालले डेक्स बेञ्च हस्तान्तरण गरेपछि पठनपाठन थप सहज हुने विद्यालयका प्रधानाध्यापक पिताम्बरप्रसाद चौधरीले बताए । उनले विद्यालयको आवश्यकतालाई बुझेर डाबर नेपालले सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका ९ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल राउत कुर्मी, डाबर नेपालका मानव संसाधन विभाग प्रमुख आशितोष यादव, विद्यालय व्यवस्थापन समितीका सदस्य बालदेब चौधरी, विद्यालयका शिक्षक कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

वडाध्यक्ष कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयका लेखा प्रमुख कृष्ण चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्