भूकम्प पीडितलाई निजगढ नगरपालिकाको पाँच लाख


eShilalekh

२० कार्तिक २०८०, सोमबार २०:२७

सिमराः जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत, उपचार र पुर्नस्थापनाका लागि निजगढ नगरपालिकाले पाँच लाख सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सोमबार एक वक्तव्य जारी गर्दै सहयोगको घोषणा गरेका हुन् ।

भूकम्प प्रभावित क्षेत्रका नागरिकको उपचार र राहतका लागि नगरपालिकाको विपद व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराईने नगर प्रमुख पुरीले जनाएका छन् । पुरीले भूकम्प प्रभावित क्षेत्रका नागरिकको व्यवस्थापन र उपचार निःशुल्क गर्न सरकारसंग माग गरेका छन् ।

शोक वक्तव्य जारी गर्दै नगर प्रमुख पुरीले भूकम्पमा परी ज्यान गुमाउने जाजरकोटस्थित नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित सम्पूर्णप्रति श्रद्धान्जली समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्