लायन्स इन्टरनेशनलद्धारा बिश्रामपुरका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण


eShilalekh

१६ पुष २०८०, सोमबार २१:०३

सिमराः अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनलले बाराको बिश्रामपुरस्थित एक विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । लायन्स क्लब अफ वीरगन्जको आयोजनामा बिश्रामपुर गाउँपालिका २ बरैनियास्थित विद्यालयका एक सय २५ विद्यार्थीलाई झोला, शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको हो ।

लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एसका द्धितीय भाईस गभर्नर बिनय बस्नेत र भिसिएनकी राधा माताङ्गीले विद्यार्थीलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । लायन्स क्लब अफ काठमाडौं सुनाखरी र भोलुन्टियर कर्प्स नेपाल (भिसिएन) ले उक्त सामाग्री सहयोग गरेको थियो ।

सामाग्री वितरण कार्यक्रममा वडाध्यक्ष मनोज यादव, लायन्स क्लब अफ वीरगन्जका पूर्वअध्यक्ष विनित जयसवाल, बिजय गुप्ता, सचिव दीपेन्द्र यादव, सामाजिक कार्यकर्ता प्रकाश थारुलगायत विद्यालयका शिक्षकलगायत उपस्थिती थिए ।

प्रतिक्रिया दिनुहोस्