जन्मदिनको अवसरमा खड्काले गरे आविष्कार केन्द्रलाई आर्थिक सहयोग


eShilalekh

१८ माघ २०८०, बिहीबार २०:२७

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख बालाराम खड्काले आफ्नो जन्मदिनको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।

जन्मदिनको अवसर पारेर खड्काले महावीर पुनको नेतृत्वमा रहेको आविस्कार केन्द्रलाई १० हजार सहयोग गरेका हुन् ।

खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै जन्मदिनको अवसरमा खुसियाली मनाउन लाग्ने खर्च आविष्कार केन्द्रलाई उपलब्ध गराएको जनाएका छन् ।

छैठौं तहका अधिकृत खड्का जीतपुरसिमराको योजना महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्