बजारमा नक्कली नोटले कारोबार गर्ने पाँच जना बारा प्रहरीद्धारा सार्वजनिक


eShilalekh

२५ माघ २०८०, बिहीबार १५:११

सिमराः नक्कली नोट लिएर बजारमा कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका पाँच जनालाई बारा प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले ६१ हजार नक्कली नोटसहित उनिहरुलाई सार्वजनिक गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित जीतपुर बजारमा नक्कली नोट लिएर कारोबार गरिरहेको सूचना पाएपछि प्रहरी एक जनालाई पक्राउ परेको थियो । पक्राउ परेका व्यक्तिको बयानका आधारमा थप चार जना पक्राउ परेका हुन् ।

बाराका प्रहरी नायब उपरीक्षक एव्म प्रवक्ता दधिराम न्यौपानेका अनुसार सर्लाही चन्द्रनगर गाउँपालिका ३ का ४४ वर्षीय रामचन्द्र महतो कोईरी, बारा परवानीपुर ५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज १० बिशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव नक्कली नोटको कारोबार गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनिहरुको साथबाट भारतीय सिमकार्डसहितको सात थान मोबाइल समेत बरामद भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्