अक्षरा पाठशालामा चोरी गर्ने दुई नाबालक पक्राउ


eShilalekh

१० फाल्गुन २०८०, बिहीबार १२:४०

सिमराः अक्षरा पाठशालामा चोरी गर्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय सिमराले बिहीबार नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा १ सिमराबाट उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

उनिहरुको साथबाट ल्यापटप र केही नगद बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

‘चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेका छौं, ल्यापटप र केही नगद बरामद भएको छ’ क्षेत्रीले इशिलालेखलाई भने ‘उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दैछौं ।’ पक्राउ परेकाहरु १६ वर्ष भन्दा कम उमेर (नाबालक) भएकाले प्रहरीले पहिचान खुलाएको छैन् ।

जीतपुरसिमरा १ स्थित अक्षरा पाठशालाबाट मंगलबार राती एक थान ल्यापटप, नगद ७० हजार र स्टेशनरी सामाग्री चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्