निजगढमा १०४ जनाद्धारा रगत दान


eShilalekh

१० फाल्गुन २०८०, बिहीबार २०:१७

निजगढः नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले बिहीबार आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय चार जनाले रगत दान गरेका छन् ।

निजगढस्थित सहिद चोकमा आयोजना गरिएको कार्यक्रममा ८९ पुरुष र १५ जना महिलाले रगत दान गरेका हुन् । संघले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्