जीतपुरसिमराले तोक्यो कक्षा ८ को परीक्षा केन्द्र र केन्द्राध्यक्ष (सूचिसहित)


eShilalekh

२२ फाल्गुन २०८०, मंगलवार १४:४०

सिमराः चैत्र २ गतेदेखि सुरु हुने आधारतभूत तह अन्तर्गत कक्षा ८ को परीक्षाका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले मंगलबार परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेको छ । ६३ विद्यालयका परीक्षार्थी सहभागी हुने परीक्षाका लागि १२ वटा केन्द्र र १२ जना केन्द्राध्यक्ष तोकिएका हुन् ।

उपमहानगरपालिकाको आधारभूत तह परीक्षा संचालन तथा व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार जीतपुरसिमरा २ सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १२ वटा विद्यालयको केन्द्र तोकिएको छ भने शंकरकुमार आचार्यलाई केन्द्राध्यक्ष बनाइएको छ । यसैगरी पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा चार वटा विद्यालयको केन्द्र तोक्दै केन्द्राध्यक्षमा दीपककुमार कायस्थलाई राखिएको छ ।

जीतपुरसिमरा १४ रजघट्टास्थित जनता माध्यमिक विद्यालय पाँच वटा विद्यालयको केन्द्र राखिएको छ भने राजुप्रसाद अधिकारीलाई केन्द्राध्यक्ष बनाइएको छ । डुमरवानास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रविणकुमार काफलेलाई केन्द्राध्यक्ष बनाउँदै चार वटा विद्यालयको केन्द्र तोकिएको छ ।

यस्तै औराहस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तीन विद्यालयको केन्द्र र केन्द्राध्यक्षमा रामदत्त जोशीलाई राखिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय इनर्वासिरामा पाँच वटा विद्यालयको केन्द्र तोकिएको छ भने प्रमोदकुमार यादवलाई केन्द्राध्यक्ष बनाइएको छ ।

उता अमलेखगञ्जस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तीन विद्यालयको केन्द्र र माधव नेपाललाई केन्द्राध्यक्ष बनाउने निर्णय बैठकले गरेको छ । जीतपुरसिमरा १६ स्थित सखुवाघाटमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ६ वटा विद्यालयको केन्द्र र ज्ञानबहादुर रानामगरलाई केन्द्राध्यक्ष बनाइएको छ । जीतपुरसिमरा १८ उचिडीस्थित मिसन एकेडेमीमा चार विद्यालयको केन्द्र र गोरेबहादुर लामालाई केन्द्राध्यक्ष तोकिएको छ ।

जीतपुरस्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा आठ विद्यालयको केन्द्र र राजुकुमार सिंहलाई केन्द्राध्यक्ष राखिएको छ । बकुलियामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ६ विद्यालयको केन्द्र र धनञ्जय गौतमलाई केन्द्राध्यक्ष बनाइएको उपमहानगरपालिकाका शिक्षा अधिकृत हरिशप्रसाद भट्टले इशिलालेखलाई जानकारी दिए । यसैगरी जीतपुरसिमरा २४ स्थित हरपुरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तीन विद्यालयको परीषा केन्द्र तोक्दै प्रदीपकुमार गुप्तालाई केन्द्राध्यक्ष बनाइएको छ ।

शैक्षिक सत्र २०८० को वार्षिक परीक्षा अन्तर्गत कक्षा ८ को परीक्षा चैत्र २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा दुई हजार दुई सय ९३ विद्यार्थी सहभागी हुँदैछन् ।

कुन विद्यालयको केन्द्र कहाँ- हेर्नुहोस् सूचिः

परीक्षा तालिकाः

प्रतिक्रिया दिनुहोस्