जीतपुरसिमरा महोत्सवमा आज एलिना चौहान र बद्री पंगेनी आउँदै


eShilalekh

२३ फाल्गुन २०८०, बुधबार ११:५९

सिमराः जीतपुरसिमरामा जारी ‘प्रथम जीतपुरसिमरा महोत्सव’ मा बुधवार गायिका एलिना चौहान, लोकगायक बद्री पंगेनी र ढाकाराम पौडेल आउँदैछन् । फाल्गुन १८ गतेदेखि जारी महोत्सवको छैठौं दिन आफ्नो सांगीतिक प्रस्तुति लिएर चर्चित कलाकार आउन लागेका हुन् ।

जीतपुरसिमरा ३ बजनीस्थित मालपोत कार्यालय नजिक भईरहेको महोत्सवमा गायिका चौहान, गायक पंगेनी र पौडेलले साँझ ५ बजेपछि आफ्नो प्रस्तुति दिनेछन् । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा यसअघि थुप्रै चर्चित कलाकारले आफ्नो सांगीतिक प्रस्तुति दिईसकेका छन् ।

महोत्सवमा हालसम्म छक्कापञ्जाका चर्चित गायक डेविड शंकरसहित कमल खत्री, सहिमा श्रेष्ठ, उगर्ने दोङ, हास्य कलाकार राजा राजेन्द्र, भोजपुरी गायक प्रमोद जख्मी, भोजपुरी गायिका अनु चौधरी, लोकगायिका मञ्जु पौडेल, इस्बु सञ्जेल, गायक देवेन्द्र कार्की, रमेश श्रेष्ठ मेलोडी, लोकगायक प्रदीप त्रिपाठी, नेत्रजी पन्तलगायतका कलाकारले प्रस्तुति दिएका छन् ।

फाल्गुन २९ गतेसम्म संचालन हुने महोत्सवमा फाल्गनु २४ गते विहीबार हास्यकलाकार सन्दीप क्षेत्री, भोजपुरी गायक सुनिल पण्डित, शुक्रबार चर्चित र्‍यापर मिस्टर डी (सन्दीप बिष्ट), शनिबार ज्योती मगर, भूमिका गिरी, पनाम ब्याण्ड, आइतबार प्रीति पासवान, सोमबार रचना रिमाल, धुर्मुस सुन्तली, दिनेश काफ्ले, मंगलबार हुने समापन कार्यक्रममा निशान भट्टराई, सम्झना लामिछाने मगर, प्रमोद जख्मी, दिनेश काफ्लेसंगै स्थानीय कलाकारको सांगीतिक प्रस्तुति र जीतपुरसिमरा नृत्य प्रतियोगिताको समेत फाइनल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्