घण्टीमाई सहकारीद्धारा अपांग सेवा संघलाई शैक्षिक सामाग्री र ग्यास चुल्हो हस्तान्तरण


eShilalekh

२४ फाल्गुन २०८०, बिहीबार २१:२५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले बिहीवार नेपाल अपांग सेवा संघ बारालाई शैक्षिक सामाग्री र ग्यास चुल्हो हस्तान्तरण गरेको छ । ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर घण्टीमाई सहकारीले फरक क्षमता भएका विद्यार्थीका लागि उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाकी अध्यक्ष कोपिला सिंखडाले संघका अध्यक्ष गंगाप्रसाद वाग्लेलाई सामाग्री हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष भुवप्रसाद ढकाल, सचिव त्रिलोक बिक्रम शाह, सहसचिव शुकदेव सिंखडा, कोषाध्यक्ष कमल पौडेल, प्रवन्धक नविन खड्का, सूचना अधिकारी अस्मिता शर्मालगायत कार्यसमिति सदस्य र कर्मचारीको उपस्थिती रहेको थियो ।

मार्च ८ तारिकका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवस शुक्रवार मनाईदै छ । यो वर्ष महिलामा ‘लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्