सिमरा जेसीजको लक्ष्य निर्धारण प्रशिक्षण सेमिनार सम्पन्न


eShilalekh

४ चैत्र २०८०, आईतवार २१:५०

सिमराः नेतृत्व निर्माणको क्षेत्रमा कार्यरत सिमरा जेसीजले आइतबार लक्ष्य निर्धारण सम्बन्धी प्रशिक्षण सेमिनारको आयोजना गरेको छ । सिमरा कलेजका छात्रछात्राहरुको सहभागितामा सेमिनार सम्पन्न भएको हो ।

सेमिनारमा एरिया ‘बी’ का तालिम आयुक्त अरविन्द श्रेष्ठले सहजीकरण गरेका थिए । सेमिनारमा सिमरा कलेजका ८९ छात्रछात्राको सहभागिता रहेको थियो ।

सिमरा जेसीजका अध्यक्ष लक्की रिमालको अध्यक्षतामा सम्पन्न सेमिनारमा कलेज प्रमुख शालिकराम अधिकारी, संस्थाका पूर्वअध्यक्षलगायतको उपस्थिती रहेको महासचिव अस्मिता शर्माले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्