निजगढस्थित जंगलमा बाघको आक्रमणबाट एक महिला घाइते


eShilalekh

६ चैत्र २०८०, मंगलवार २१:५७

सिमराः बाराको निजगढस्थित जंगलमा मंगलबार बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा निजगढ नगरपालिका ११ की करिब ४५ वर्षीया दिलकुमारी पुलामी रहेकी छिन् ।

तपोभूमी सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन गएका बेला उनलाई बाघले आक्रमण गरेको थियो । आक्रमणबाट उनको छातीमा र हातमा चोट लागेको छ । चिकित्सका अनुसार उनको अवस्था खतरामुक्त छ ।

बाख्रा चराएर बसिरहेका बेला पछाडीबाट उनलाई आक्रमण गरेको थियो । बाघले आक्रमण गरेलगत्तै संगै गएका अन्यले चिच्याउन थालेपछि बाघ भागेको थियो । घटनालगत्तै स्थानीयले दिलकुमारीको उद्धार गरी निजगढस्थित अस्पताल ल्याएका थिए । घाइते महिलाको अहिले निजगढमा उपचार भईरहेको छ । महिलालाई आक्रमण गरेको बाघले सोही ठाउँमा तीन वटा बाख्रा समेत मारेको छ ।

यसअघि सोमबार पर्साको ठोरीमा सोमबार दिउँसो बाघको आक्रमणबाट ठोरी गाउँपालिका ४ मालीबस्तीकी ४० वर्षीया कलावती खत्रीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्