मैत्रीपूर्ण महिला फूटबल खेलमा वीरगन्ज युथ एकेडेमी बिजयी


eShilalekh

९ चैत्र २०८०, शुक्रबार २१:४१

सिमराः परवानीपुरमा शुक्रबार भएको मैत्रीपूर्ण महिला फूटबल खेलमा वीरगन्थ युथ एकेडेमी बिजयी भएको छ । वीरगन्जले निजगढ फूटबल क्लबलाई ४–० ले पराजित गरेको हो ।

परवानीपुर गोल्डकपको फाइनलको अघिल्लो दिन आयोजक शक्ति युवा क्लबे महिलाहरुको मैत्रीपूर्ण खेल आयोजना गरेको हो । वीरगन्जको जीतमा सजिता स्याङ्तान् र सदिपा भोलनले समान दुई-दुई गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच सजिता घोषित भईन् । उनलाई नेपाली कांग्रेसका नेता लोकेश सिंहले पुरस्कृत गरेका थिए ।

परवानीपुर गोल्डकपको तेस्रो संस्करणको उपाधिका लागि शनिबार साविक विजेता वीरगन्ज युनाईटेड क्लब र हेटौंडा फूटबल एकेडेमीबीच खेल हुँदैछ । प्रतियोगिताको उपाधि विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्