अमेरिकाको टेक्सासमा बारा समाजको होली कार्यक्रम सम्पन्न


eShilalekh

१२ चैत्र २०८०, सोमबार १०:३०

सिमरा: अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने बाराका नेपाली समुदायले एक कार्यक्रमको आयोजना गरि होली पर्व मनाएका छन् ।  टेक्सासको हलटम सिटिस्थित एक पार्कमा भेला भई उनिहरुले होली पर्व मनाएका हुन् ।

नेपालीहरुबीच सम्बन्ध सुमधुर बनाउन र नेपाली धर्म संस्कृतिको जगेर्ना गर्ने उदेश्यसहित आयोजना गरिएको कार्यक्रममा टेक्सास राज्यभित्र बसोबास गर्ने बाराका नेपाली समुदायको उपस्थिती रहेको थियो ।

कार्यक्रमका सहभागीले एकअर्कालाई अबिर लगाउँदै शुभकामना आदनप्रदान र खुसियाली साटासाट गरेका थिए । सो कार्यक्रममा अग्रज व्यक्ती राजिव लोचन रिमाले सहभागी सबैलाई अबिर लगाएर होलीको सुरुवात गरेका थिए ।

बारा समाज गठन

सोही अवसरमा अमरनाथ साहको नेतृत्वमा बारा समाज समेत गठन गरिएको छ । समाजको उपाध्यक्षमा बन्दना विष्ट, सचिवमा रामप्रसाद अधिकारी, कोषाध्यक्षमा सुबोध आचार्य रहेका छन् । यसैगरी सदस्यमा बलराम श्रेष्ठ, कौशल विष्ट, सन्जु साह र शैलेश अर्याल चयन भएका छन् ।

भेलाले सन्जय रिमालको संयोजकत्वमा सल्लाहकार समिती समेत चयन गरेको छ । समितिको सदस्यमा सन्तोष चौधरी र पंकज अर्याल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्