नक्कली गार्ड र मोबाइलबाट चिट चोराउने शिक्षक पक्राउ


eShilalekh

१६ चैत्र २०८०, शुक्रबार १४:४१

सिमराः एसईई परीक्षामा चिट चोराएको आरोपमा बाराबाट एक शिक्षक र नक्कली गार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका–६ बर्वाका सुरेन्द्रप्रसाद यादव र आदर्शकोतवाल गाउँपालिका–३ भटिनियाका विनोद प्रसाद यादव रहेका छन् ।

पक्राउ परेकामध्ये कलैया उपमहानगरपालिका–२ स्थित अमर माध्यमिक विद्यालय दोहरीमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद यादवले मोबाईलमार्फत परीक्षार्थीलाई चिट चोराउन सहयोग गरेको आरोप छ ।

यसैगरी पक्राउ परेका अर्का विनोद प्रसाद यादवले बारागढी गाउँपालिका–१ स्थित जनता मावि बुधगाईमा गार्डको रूपमा खटिएको अवस्थामा पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका दुबैलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाईएको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्