जीतपुरसिमरा २१ अमलेखगञ्जमा लोकसेवा तयारी कक्षा सुरु


eShilalekh

१८ चैत्र २०८०, आईतवार २०:२२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ मा आइतबारदेखि लोकसेवा तयारी कक्षा सुरु भएको छ । वडा नं. २१ को कार्यालयको सहयोग र अभियान नेपालको व्यवस्थापनमा तयारी कक्षा सुरु भएको हो ।

तयारी कक्षाको उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । तयारी कक्षाको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले स्वदेशमै बसेर सरकारी सेवामा प्रवेश गर्ने वातावरण निर्माण गरेकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले युवालाई सरकारी सेवामा प्रवेश गर्नका निम्ति प्रोत्साहन गराउन लोकसेवा तयारी कक्षा संचालन गरिएको बताए । वडाध्यक्ष श्रेष्ठले यस्तो कार्यक्रमलाई आफ्नो कार्यकालमा निरन्तरता दिदै जाने बताए ।

अभियान नेपालकी अध्यक्ष लक्ष्मी तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कार्यपालिका सदस्य सुकुमाया कुमारी, वडासदस्य जमुना गौतम, सिता विक, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जका अध्यक्ष राजकुमार साह, शाखा अधिकृत सिद्धार्थ चौधरी, वडासचिव जीवनकुमार क्षेत्रीलगायतको उपस्थिती रहेको थियो ।

डेढ महिनासम्म संचालन हुने तयारी कक्षामा ४० जना भन्दा बढीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्