लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो महाधिवेशन वीरगन्जमा हुने


eShilalekh

२१ चैत्र २०८०, बुधबार १७:३५

वीरगन्जः लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो महाधिवेशन वीरगन्जमा हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबले चैत्र २४ गते वीरगन्जको होटल क्लार्कमा दोश्रो महाधिवेशन गर्ने जानकारी गराएको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने समारोहमा क्लबका पास्ट इन्टरनेशनल डाईरेक्टर लायन जीएस होराको पनि आतिथ्यता रहने क्लबका राष्ट्रिय अध्यक्ष डीएन अग्रवालले जानकारी दिए । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ एसका झण्डै चार सय जना प्रतिनिधिहरु वीरगन्जमा हुने महाधिवेशनमा सहभागी हुने क्लबले जानकारी दिएको छ

लायन्स क्लब इन्टरनेशनलको विधान अनुसार महाधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर, फस्र्ट भाईस डिस्ट्रिक्ट गभर्नर र सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नरका लागि नयाँ नेतृत्व चयनपनि हुने र नयाँ नेतृत्वमा सर्वसम्मत चयन गर्ने प्रयास रहने अग्रवालले बताए ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले प्रवेश शुल्क प्रतिव्यक्ति २ हजार रुपैया तिर्नु पर्ने तथा प्रतिनिधिले आउने जाने यातायात खर्च र होटलमा बस्ने व्यवस्था भने आफैले गर्नुपर्ने क्लबले जनाएको छ ।

क्लबका डिस्ट्रिक्ट चिफ पत्रकार वाहेतीको अध्यक्षतमा सम्पन्न पत्रकार सम्मेलनमा पीएमसीसी रमेश कुमार अग्रवाल, डिस्ट्रिक्ट सेक्रेटरी बासु तिमिल्सिना, एरिया चिफ उमेश शर्मा, कोषाध्यक्ष रामबिहारी पाण्डे लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण लायन विजय कुश्वाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्