बसको ठक्करबाट बारामा ट्राफिक प्रहरी जवानको मृत्यु


eShilalekh

२४ चैत्र २०८०, शनिबार १२:५२

बाराः बाराको अमलेखगञ्ज चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर घर भएका प्रहरी जवान मुनटुन यादव रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट काँकडभिट्टा गइरहेको बागमती प्रदेश ०१–००ख ६१२३ नम्बरको बसको ठक्करबाट यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार राति करिब ११ बजे ड्युटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्