नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक सरुवा, बारामा महेन्द्र खड्का आउँदै


eShilalekh

२४ चैत्र २०८०, शनिबार १४:३२

बाराः नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी) सरुवा भएका छन ।

बारामा एसपीका रूपमा कार्यरत सुरेश प्रसाद काफ्लेको प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ । काफ्लेको स्थानमा प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखा नक्सालमा कार्यरत रहेका एसपी महेन्द्र खड्कालाई पठाईएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले शुक्रवार विभिन्न जिल्ला तथा कार्यालयहरूमा काम गरिरहेका एसपीहरूको सरुवा गरेका हुन ।

त्यस्तै रौतहटमा अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा कार्यरत एसपी दिलीप घिमिरेलाई पठाइएको छ । महोत्तरीका एसपी श्याम राई र सर्लाहीका एसपी दयानिधि ज्ञवाली कमान्ड सम्हालेको डेढ महिनामै सरुवा गरिएका छन ।

राईको स्थानमा नकुल पोखरेल र ज्ञवालीको स्थानमा रवीन्द्र बहादुर सिंहलाई पठाइएको छ । एसपी राईलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज र ज्ञवालीलाई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौँ तानिएको छ ।

जिम्मेवारी दिइएको १ वर्ष नपुगी सरुवा नगर्ने भनिए पनि दुई जना एसपीलाई भने डेढ महिनामै सरुवा गरिएको छ । दुवै एसपीले फागुन २ मा जिल्लाको कमान्ड सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्