ईदको अवसरमा बिहिबार सार्वजनिक बिदा


eShilalekh

२८ चैत्र २०८०, बुधबार १३:५९

बाराः नेपाल सरकारले भोलि बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र भोलि बिहिबार परेको हुनाले देशैभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको नेपाल सरकार गृह मन्त्रालयले जनाएको छ ।

ईद उल फित्रको अवसरमा सार्वजनिक विदा दिने निर्णय यसअघि नै नेपाल राजपत्रमा प्रकाशित थियो । तर, ईद मनाइने दिन निश्चित नभएकोले ईदको घोषणा भएको दिन विदा दिने भनिएको थियो । मन्त्रालयले आज एक बिज्ञप्ती जारी गर्दै मुस्लिम समुदायको ईद पर्वको अवसरमा नेपालमा चैत २९ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको हो।

मुस्लिम धर्मावलम्वीहरुको एक महिने ब्रत आज साँझ सकिँदै छ । ईद उल फित्र पर्व एक महिनाको ब्रत रोजा सकिएको दिन साँझमा चन्द्रमा देखिएमा भोलिपल्ट ईद मनाउने गरिन्छ ।

ईदको नमाज पढ्नु अगाडी मुस्लिम समुदायले आफ्नो एक वर्षको आम्दानिबाट तोकिए बमोजीमको निश्चित रकम छुट्याएर त्यसलाई सहयोग तथा दानको रुपमा वितरण गर्छन ।

जकात बापतको यस्तो रकम आफ्नो परिवारको सबैभन्दा कम्जोर आर्थिक अवस्था भएकोलाई, कम्जोर आर्थिक अवस्था भएकोलाई वा रितले वितरण गर्नुपर्ने इस्लामिक कानुन छ ।

ईदमा आफ्नो हिस्साको जकातको पैसा छुट्याएपछि मुस्लिम समुदायहरु आफ्नो घर नजिकैको इदगाह मा सामुहिक रुपमा नमाज पढ्ने गर्छन । र एक आपसमा शुभकामना आदानप्रदान गर्दै मिठा परिकार खाएर इदको खुसियाली मनाउने गर्छन ।

प्रतिक्रिया दिनुहोस्