सहयोगी हात नेपालद्वारा जीतपुरमा निःशुल्क भोजन सेवा शुरु


eShilalekh

१ बैशाख २०८१, शनिबार १६:२६

जीतपुरः नयाँ वर्षको अवसरमा सहयोगी हात नेपालले जीतपुरमा निःशुल्क भोजन सेवाको शुरुवात गरेको छ । हरेक शनिबार बिहान ९ बजे देखि ११ बजे सम्म निःशुल्क रुपमा गरिब तथा असहाय व्यक्तिकोलागी निःशुल्क भोजन सेवा शुरु गरिएको हो ।

नयाँ बर्षको शुरुवात नयाँ योजनाका साथ गर्ने उद्देश्यले सहयोगी हात नेपालले शनिवार करिब २०० जनालाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित बजारमा निःशुल्क भोजन खुवाईएको सहयोगी हात नेपालका सदस्य मनोज पासवानले बताए । यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिईने पासवानको भनाई छ ।

प्रमुख अतिथि मधेस प्रदेश सदस्य माननीय देबनारायण चौधरीले सहयोगी हात नेपालले उदाहरणीय कार्य गरेको र असहायलाई भोजन खुवाउने कार्य अति उतम रहेको भन्दै संस्थालाई धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारी र तत्कालिन भवानीपुर जीतपुर गाबिसका अध्यक्ष कृष्ण व्रत सिंहले संस्थाले गरेको काम समाजको लागी उदाहरणीय रहेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

सहयोगी हात नेपालका संरक्षक मनोज कुमार साहले समाजबाट सहयोग पाउनका लागि समाजलाई सहयोग गर्नु पर्छ भन्ने सोचका साथ योजना ल्याएको बताए । निःशुल्क भोजन सेवा जुन पनि ठाँउका व्यक्तिले लिन सक्ने उनले बताए ।

कार्यक्रममा युवा नेता राजुराज गिरी, समाजसेवी मनिर अंसारी, माओबादी नेता प्रेम बराल, ठेला संघ जीतपुरका अध्यक्ष महेन्द्र पासवान, महिला नेत्री सेल्मुन नेसा, जीतपुर युवा क्लबका अध्यक्ष भुनेस पासवान, राष्ट्रिय युवा संघ नेपालका नगर सचिव आयुब अंसारीलगायतको उपस्थिति रहेको थियोे ।

सहयोगी हात नेपालका अध्यक्ष देवान साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण एसएस पटेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्