लागूऔषधसहित एक पक्राउ


eShilalekh

२ बैशाख २०८१, आईतवार १४:४०

पथलैयाः प्रहरीले लागूऔषधसहित एक जनालाई पथलैयाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट मौलापुर ३ गम्हरियाका २० वर्षीय अनिल बैठा रहेका छन् ।

मौलापुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.०३–००१ ख २७०१ नम्बरको यात्रुबाहक बसमा लुकाएर लैजादै गरेको अवस्थामा प्रहरीले डाईजापाम, नाईट्राभेट, नोरफिनजस्ता लागूऔषधसहित बैठालाई पक्राउ गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित प्रहरी चौकीको टोलीले बस जाँच गर्ने क्रममा तीन सय ११ पाता नाईट्राभेट, एक सय दुई पाता डाईजापाम र ५० पाता नोरफिन बरामद गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । सो क्रममा प्रहरीले बसमा सवार बैठालाई समेत नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका बैठामाथि कानुनि प्रक्रिया अघि बढाइएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्