२३० किलो लागूऔषध गाँजासहित एक पक्राउ


eShilalekh

६ बैशाख २०८१, बिहीबार १९:२४

सिमराः दुई सय ३० किलो लागूऔषध गाँजासहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट फतुवा बिजयपुर ४ टेग्राहाका २३ वर्षीय चन्दन पासवान रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नविन राईको नेतृत्वमा खटिएको टोलीले पासवानलाई पचरौता नगरपालिका ४ इनर्वाबाट पक्राउ गरेको हो । सो क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रहरीलाई देखेर पासवान गाँजा छोडेर भाग्न थालेपछि हवाई फायर गरेर नियन्त्रणमा लिएको र सोही स्थानमा लुकाएर राखेको अवस्थामा दुई सय ३० किलो गाँजा बरामद गरेको प्रवक्ता न्यौपानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्