सिमरा खानेपानीद्धारा विद्यालयलाई पङ्खा र शौचालय निर्माणार्थ गुम्बालाई एक लाख हस्तान्तरण


eShilalekh

११ बैशाख २०८१, मंगलवार १७:१३

सिमराः सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार विद्यालयलाई पङ्खा र शौचालय निर्माणका लागि गुम्बालाई एक लाखको चेक हस्तान्तरण गरेको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर समितिले जीतपुरसिरमा ३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई पाँच थान पङ्खा र जीतपुरसिमरा १ स्थित टासी देछेन लिङ विश्वशान्ति बौद्ध गुम्बालाई एक लाख एक हजार रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

समितिका अध्यक्ष कासिम हुसेनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बस्नेतलाई पङ्खा र गुम्बाका अध्यक्ष राजकुमार लामालाई चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा समितिका उपाध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, सहसचिव सानुबाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल, सदस्य तोयानाथ लुईटेल, सुभद्रा कुमारी, प्रकाश क्षेत्रीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्