कृषि मन्त्री साहको सम्पत्तिः ३० हजार नगद, २५ कठ्ठा पैतिृक जग्गा


eShilalekh

८ जेष्ठ २०८१, मंगलवार १७:५१

सिमराः कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहको नाममा २५ कठ्ठा पैतिृक जग्गा र १० तोला सुन देखिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ की मन्त्री साहले सरकारलाई बुझाएको सम्पत्ति विवरण मंगलबार सार्वजनिक गरिएको हो ।

मन्त्री साहले कलैया उपमहानगरपालिका ४ मा १५ कठ्ठा, जीतपुरसिमरा उपमहानगरपालिका १६ मा १० कठ्ठा जग्गा आफ्नो नाममा रहेको र सो जग्गा पैतृक (पुर्ख्यौली) रहेको उल्लेख गरेकी छिन् ।

मन्त्री साहले पुर्ख्यौलीबाट अंशवापत आएको चार कठ्ठा जमिनमा बनेको अढाई तल्ले घर, १० तोला सुन, २५ तोला चाँदी, सानिमा बैंकमा ३० हजार नगद रहेको जनाएकी छिन् ।

मन्त्री साहका श्रीमान अमृत शर्मा बजगाईंको नाममा जीतपुरसिमरा उपमहानगरपालिका १६ मा पाँच कठ्ठा, सर्लाहीमा पाँच विगाह १९ कठ्ठा जग्गा, सानिमा बैंकमा १० हजार नगद रहेको विवरणमा उल्लेख गरिएको छ ।

सरकारले मन्त्रीपरिषद्का सबै सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्