जीतपुरसिमरा १४ र रेडक्रस सोसाइटी पर्साबीच सम्झौता, रगत परीक्षण निःशुल्क हुने


eShilalekh

२० जेष्ठ २०८१, आईतवार १५:३१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को कार्यालय र नेपाल रेडक्रस सोसाइटी पर्साबीच आइतबार रगत परीक्षण सेवा निःशुल्क गर्न सम्झौता भएको छ ।

जीतपुरसिमरा १४ भित्रका नागरिकलाई वीरगन्जस्थित रक्तसञ्चार केन्द्रबाट रगत आवश्यक परेमा परीक्षण शुल्क नलिई सेवा प्रदान गर्ने गरी वडा कार्यालय र रेडक्रसबीच सम्झौता भएको हो । सम्झौता अनुसार अब रक्तसञ्चार केन्द्रबाट उक्त वडा भित्रका नागरिकले रगत लिने क्रममा लाग्ने गरेको परीक्षण शुल्क तिनुपर्ने छैन ।

सम्झौतापत्रमा जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ र रेडक्रसका सभापति वीरेन्द्रराज कंडेलले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा रेडक्रस पर्साका वीरशम्शेर प्रसाद कुर्मी, राजन श्रीवास्तवलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्