धनुषामा एक महिलाको हत्या

सिमराः धनुषामा विभत्सरुपमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलकी ४० वर्षीया रामपरीदेव ठाकुर वडहीको शव फेला परेको हो ।
उनको शरीर र टाउको छुट्टाछुट्टै स्थानमा फेला परेको छ । प्रहरीका अनुसार घरदेखि करिब डेढ किलोमिटर टाढा शरीर भेटिएको छ भने टाउको कमला नदीको नहरमा फेला परेको छ ।
धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ । मारिएकी महिलाको श्रीमान लामो समयदेखि रोजागारीको सिलसिलमा विदेशमा छन् ।
रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । साँझसम्म घर नफर्किएपछि उनको खोजी भईरहेको थियो । घटनाको अनुसन्धान गर्न प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।