मतदाता नामावली दर्ता तथा अध्यावधिक आइतबारदेखि पुनः सुचारु हुने

सिमराः उपनिर्वाचनका लागि रोकिएको मतदाता नामावली तथा अध्यावधिकको काम आइतबार (मंसिर २३ गते) देखि पुनः सुचारु हुने भएको छ । निर्वाचन आयोगले सबै प्रदेश र जिल्लास्थित निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता तथा अध्यावधिकको काम सुरु गर्ने निर्णय गरेको हो ।
आयोगले पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ । उक्त कार्यका लागि आवेदकले आयोगको वेबसाईटमा रहेको प्रिरजिष्ट्रेशन प्रणाली जततउकस्ररबउउथिखच।भभिअतष्यल।नयख।लउ मार्फत प्रमाणसहित आवेदन दिनुपर्नेछ ।
मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्छ । नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्न नागरिकता, बसाइँसराइँ वा विवाह दर्ताको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ ।
यसैगरी मतदाताले आफ्नो मतदाता नामावलीमा त्रुटि फेला पारेमा सच्याउने, दोहोरो नाम भए हटाउने, मृत्यु तथा बसाइँसराइँको विवरण अद्यावधिक गर्नका लागि पनि आयोगको अनलाइन प्रणालीमा गई आवेदन गर्न सकिने आयोगकी प्रवक्ता नीता पोखरेल शर्माले जानकारी दिएकी छिन् ।