पथलैया नकआउट फूटबलः एनजेजेभिसी बिजयी


eShilalekh

२७ मंसिर २०८१, बिहीबार ०९:१७

सिमराः पथलैयामा जारी नकआउट फूटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा एनजेजेभिसी सिमरा बिजयी भएको छ । एनजेजेभिसीले आयोजक पथलैया दिब्य ज्योती क्लबलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । खेलको प्लेयर अफ दि म्याच एनजेजेभिसीका गोलरक्षक तबरेज मिया घोषित भए ।

प्रतियोगिता अन्तर्गत बिहीबार रामबन र औराहबीच हुनेछ । पथलैया दिव्य ज्योती क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्