रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


eShilalekh

२८ मंसिर २०८१, शुक्रबार १७:४८

सिमराः रौतहटमा बिहीबार साँझ सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा गौर नगरपालिका वडा नं ६ सवगडाका २२ वर्षीय सुरज साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका वडा नं ६ सवगडास्थित सडकमा साह सवार बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल र प्र.२–०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका साहको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका प्र.२–०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल चालकको सर्वोत्तम अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्