महोत्तरीमा बस दुर्घटना हुँदा २२ जना घाइते, दुईको अवस्था गम्भिर


eShilalekh

३० मंसिर २०८१, आईतवार १६:५८

सिमराः महोत्तरीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन भने दुईको अवस्था गम्भिर रहेको छ ।

भिठामोडबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

अनियन्त्रित भएको बस पुलको रेलिङ्ग तोड्दै पल्टिँदा बसमा सवार २२ यात्रु घाइते भएका प्रहरीले जनाएको छ । स्थानीयहरुको सहयोगमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको छ । जसमध्ये दुईजनालाई थप उपचारका लागि जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताएका छन् ।

जयसवारका अनुसार घाइतेमध्ये भारत परिहारकी २२ वर्षीय सरिता यादव र कोमल राउतको गम्भिर रहेकोले जनकपुर पठाईएको छ । यता अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्