बारामा लागूऔषध गाँजा सहित चार जना पक्राउ

सिमराः बाराको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका ४ बकैया खोलाको बाँध कच्ची सडकबाट अवैध लागूऔषध गाँजा ६ किलो ७ सय ६० ग्राम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट फतुवा बिजयपुर नगरपालिका–४ बस्ने २५ वर्षीय राम प्रबेश महतो र सोही नगरपालिका–९ बस्ने २१ वर्षीय राजेश महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले बागदेवबाट पुरानो निजगढतर्फ जाँदै गरेको प्र.०२–०२९ प २८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ बाट करिब १५ किलोग्राम लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पंचायत राजमुरा १४ चाग्डी गाउँ बस्ने २६ वर्षीय अखिलेखकुमार साह र १९ वर्षीय राजकुमार पासवान रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बिए२२जे ५३३३ नम्बरको कारलाई रोकेर जाँच गर्ने क्रममा कारको पछाडीको सिटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी बलराम श्रेष्ठले जानकारी दिएका छन् ।