अर्नाको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु


eShilalekh

४ पुष २०८१, बिहीबार १३:२६

सिमराः सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का शुभेलाल मण्डलको उपचारका क्रममा हिजो ज्यान गएको हो । कोशी टप्पुबाट आएको जङ्गली जनावर अर्नाको आक्रमणबाट गम्भीर घाइते भएका थिए ।

खेतमा काम गरिरहेका बेला मण्डल अर्नाको आक्रमणमा परेको स्थानीयवासीले बताएका छन् । गम्भीर अवस्थामा उद्धार गरी उनलाई अस्पताल पु‍र्याए पनि बचाउन नसकिएको मृतकका परिवारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्