सप्तरीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सिमराः सप्तरीमा मर्निङ वाकमा निस्केका एक पुरुषको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका ३ का ६० वर्षीय रामबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट उनको मृत्यु भएको हो ।
बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
प्रहरी उपरीक्षक खतिवडाका अनुसार ठक्कर दिने सवारीको खोजी भइरहेको छ ।