वीरगन्ज कारागारमा सिडिओ र एसपीको स्थलगत निरीक्षण, सुधार र व्यवस्थापनमा जोड

सिमराः पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले वीरगन्ज कारागारको निरीक्षण गरेका छन् ।
कारागारको समग्र अवस्था, सुरक्षा व्यवस्था, बन्दीहरूको अवस्था र प्रशासनिक पक्षको विषयमा स्थलगत अवलोकन गरिएको हो । अधिकारीहरूले उनीहरूको गुनासो र समस्या प्रत्यक्ष रूपमा सुनेर आवश्यक सुधारका लागि पहल गरिने आश्वासन दिएका छन् ।

कारागारभित्रको सुरक्षालाई थप मजबुत बनाउन, व्यवस्थापन सुधार गर्न र बन्दीहरूको मानव अधिकार सुनिश्चित गर्ने विषयमा जानकारी लिने उद्देश्यका साथ अवलोकन गरिएको अधिकारीहरुले बताए ।
सिडिओ अर्यालले मानवअधिकारमैत्री वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताएका छन् ।
यसैगरी एसपी मिश्रले सुरक्षाको दृष्टिले कारागार व्यवस्थापनलाई थप सुदृढ बनाइने जानकारी दिए ।
निरीक्षणमा कारागार प्रशासन, प्रहरी प्रतिनिधि तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।