निजगढमा करेन्ट लागेर एक युवकको मृत्यु


eShilalekh

२० असार २०८२, शुक्रबार २२:५३

सिमरा: बाराको निजगढमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका ८ का ३४ वर्षीय रवि सापकोटा रहेका छन् ।

सापकोटालाई निजगढ ५ स्थित प्रतीक्षा टोलमा सीसीटिभी जडान गर्दा करेन्ट लागेको थियो । घटनालगत्तै उनलाई स्थानीय अस्पताल हुँदै वीरगन्ज लगिएको थियो । वीरगन्जस्थित वयोधा अस्पतालमा उनको मृत्यु भएको हो ।

सापकोटा युथ अफ निजगढ नामक युवाहरूको संस्थाको कोषाध्यक्ष थिए । सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका सापकोटाको निधनप्रति स्थानीयले दु:ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्