ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले भदौ ६ गते सिमरामा रक्तदान महाअभियान कार्यक्रम गर्ने

सिमराः ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सिमराले भदौ ६ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । केन्द्रले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।
विश्व बंधुत्व दिवसको अवसर पारेर केन्द्रले रक्तदान महाअभियान आयोजना गर्न लागेको बताइएको छ । भदौ ६ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम आयोजना हुनेछ ।
सिमरास्थित नेपाल टेलिकमको कार्यालय पछाडी रहेको राजयोग केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा सहभागी भएर ‘रक्तदान जीवनदान’ को नारालाई सार्थक तुल्याउन केन्द्रले आग्रह गरेको छ ।