बारामा लागूऔषध गाँजासहित एक जना पक्राउ


eShilalekh

१८ भाद्र २०८२, बुधबार १२:५४

सिमराः बारा प्रहरीले सिमराबाट बुधबार बिहान लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ११ खेस्रोलका २० वर्षीय मुना यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराबाट असई राजहरण यादवको नेतृत्वमा खटिएको प्रहरी टोलिले पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बिआर०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा उक्त मोटरसाइकलको ट्याङ्की मुनी फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा करिब पाँच किलो लागूऔषध गाँजा फेला परेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले जनाएका छन् ।

बरामद लागूऔषध गाँजासहित यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्