वीरगन्ज भन्सार क्षेत्रमा भारतीय युवतीमाथि गोली प्रहार, अभियुक्त पक्राउ

सिमराः नेपाल–भारत सीमा नजिकको वीरगन्ज भन्सार क्षेत्रमा एक भारतीय युवतीमाथि सोमबार दिउँसो गोली प्रहार भएको छ । बिहार राज्य अन्तर्गत बेतियाकी १८ वर्षीया निशा कुमारी सहनीमाथि गोली प्रहार भएको हो ।
गोली प्रहारले घाईते भएकी सहनीको नारायणी अस्पताल वीरगन्जमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको र हाल उपचार भइरहेको प्रहीले जनाएको छ ।
गोली प्रहार गर्ने २६ वर्षीय प्रदीप शर्मालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शर्माको साथबाट एक थान कटुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।
घटनापछि नेपाली सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ ।