बारामा दिनभर निषेधाज्ञा, राति कर्फ्यू


eShilalekh

२८ भाद्र २०८२, शनिबार १०:०६

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले शनिबार लागू हुने गरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार बिहान सूचना जारी गर्दै बारा जिल्ला भरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहनेछ भने राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म कर्फ्यू रहनेछ ।

निषेधाज्ञा र कर्फ्यूको समयमा भिड् जम्मा गर्न, जुलुस, प्रदर्शन, बैठक, सभा गर्न निषेध रहेको सूचनामा उल्लेख छ । कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्