जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा विद्यालयहरूलाई नियमित सञ्चालन गर्न निर्देशन


eShilalekh

२९ भाद्र २०८२, आईतवार १४:२०

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले आइतबारदेखि पालिका भित्रका शैक्षिक संस्थाहरुमा पठनपाठन सञ्चालन गर्ने निर्देशन दिएको छ ।

हालै देशव्यापी रूपमा फैलिएको ‘जेन–जी’ आन्दोलनका कारण बन्द रहेका विद्यालयहरू पुनः सञ्चालन गर्ने निर्देशन दिएको हो ।

कार्यालयको निर्णय अनुसार उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई २०८२ सालको वार्षिक कार्यपात्रो (शैक्षिक क्यालेन्डर) अनुरूप नियमित रूपमा कक्षा सञ्चालन गर्न भनिएको छ ।

आन्दोलनका कारण भदौ २४ गते देखि नगरपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरुको सेवा प्रवाह तथा शैक्षिक संस्थाहरुको पठनपाठन पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्