रौतहटको लाल बकैया नदीमा डुबेर बालिकाको मृत्यु


eShilalekh

२९ भाद्र २०८२, आईतवार १५:२२

रौतहट: रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा शनिबार बिहान डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका ६ की १० वर्षीया करिश्मा साह रहेकी छन् ।

जितिया पर्वको नहायखायका लागि आमासँगै नदीमा स्नान गर्ने क्रममा उनि पानिमा डुबेर बेपत्ता भएकी थिईन् ।

बेपत्ता बालिकाको खोजीका लागि खटिएको नेपाली सेनाको टोलीले उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्