संविधान दिवस: जीतपुरसिमरा उपमहानगरमा ५४ जनाले गरे रगतदान


eShilalekh

३ आश्विन २०८२, शुक्रबार १५:४४

सिमरा: संविधान दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रगतदान गरेका छन् ।उपमहानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा १३ महिलासहित ५४ जनाले रगत दान गरेका हुन्  ।

कार्यक्रमको शुभारम्भ उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए ।

यसअघि कार्यालयमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो । कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी,  प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंलगायत विभिन्न वडाका वडाध्यक्ष, कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्