महोत्तरी बस दुर्घटना: एकको मृत्यु, २० घाइते

महोत्तरीः महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा शुक्रबार बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरी रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
खैरमाराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको हो। सडकमा पल्टिएको बसमा एकजना यात्रु च्यापिएका छन्।
प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी नजिकैको अस्पताल पठाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।





