पर्सामा एक युवक मृत फेला, मोटरसाइकलसहित शव भेटियो


eShilalekh

१७ आश्विन २०८२, शुक्रबार ०८:४३

सिमरा: पर्साको छिपहरमाई गाउँपालिका ३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवकको शव फेला परेको छ। मृतक झलमहिया गाउँका २८ वर्षीय रमेश साह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।

वडा नम्बर ३ को कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ पर्ने झलमहिया र भिस्वा जोड्ने पुलमुनि खसेको अवस्थामा साहको शव भेटिएको हो।

प्रहरीका अनुसार उनीसँगै भारतीय नम्बर प्लेटको बीआर २२ एएल १२७३ रहेको हाेण्डा साइन मोटरसाइकल पनि भेटिएको छ।

साहको मृत्युको कारण अहिलेसम्म खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखिरियाको टोली खटिएको छ।

प्रतिक्रिया दिनुहोस्