रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु

रौतहट: चन्द्रपुर नगरपालिका ९ चेतनगर बजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय दिनेश साहकी २८ वर्षीया पत्नी मिंकुदेवी साहलाई पानी तान्ने मोटर चलाउँदा शनिबार राति करेन्ट लागेको हो ।
करेन्ट लागेर घाईते भएकी साहलाई तत्काल उपचारका लागि सिभिल अस्पताल चन्द्रनिगाहपुर लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।




